Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यसवर्ष तिहारमा रानीपोखरी खुल्ने, पाइएला भाइटीका पनि लगाउन ?

यसवर्ष तिहारमा रानीपोखरी खुल्ने, पाइएला भाइटीका पनि लगाउन ?

दैनिकी न्यूज

२४, आश्विन २०७७
यसवर्ष तिहारमा रानीपोखरी खुल्ने, पाइएला भाइटीका पनि लगाउन ?
images

काठमाडौं । यस वर्षको तिहारमा ऐतिहासिक रानीपोखरी सर्वसाधारणका लागि खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उदघाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरीमा अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए । २०७२ बैशाखको भूकम्पपछि रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा पुजा गर्न रोक लगाएको थियो । तिहारको भाइटीकाको दिन पाँच वर्षसम्म सर्वसाधारणले बालगोपालेश्वर मूर्तिलाई पोखरीमा रहेको पुलको मुखमा राखी दर्शन गर्ने गरेका थिए । पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा यही असोज १५ गते बिहान ८ बजेको साइतमा मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिसकिएको छ । मुख्य गजुर १२३ किलोग्राम तौलको तामाले बनेको हो । गजुरको बाहिरी भागमा भने सुन लेपन गरिएको छ ।

images
प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - १३:५९:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology