Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रधानमन्त्रीका तीन सल्लाहकारसहित ६० बढी सुरक्षाकर्मीलाई कोरोना, ओलीको परीक्षण हुन बाँकी

प्रधानमन्त्रीका तीन सल्लाहकारसहित ६० बढी सुरक्षाकर्मीलाई कोरोना, ओलीको परीक्षण हुन बाँकी

दैनिकी न्यूज

१७, आश्विन २०७७
प्रधानमन्त्रीका तीन सल्लाहकारसहित ६० बढी सुरक्षाकर्मीलाई कोरोना, ओलीको परीक्षण हुन बाँकी
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार एक स्वकीय सचिव सहित बालुवाटारमा सुरक्षामा खटिएका सेना, जनपद र शसस्त्र प्रहरीका ६० भन्दा बढीलाई कोरोना संक्रमण भएको छ ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीसहित प्रधानमन्त्रीओलीको सुरक्षमा खटिने २८ सैनिकमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबैजना होम आइसोलेसनमा बसेको राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

शुक्रबार प्रधानमन्त्रीको सचिवालय तथा सुरक्षाकर्मीसहित बालुवाटारमा कार्यरतहरुको पीसीआर परीक्षण गरिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको भने शुक्रबार पीसीआर परीक्षण गरिएको छैन।

आफूहरु संक्रमित भएको जानकारी तीनै सल्लाहकारहरुले सामाजिक सञ्जालमार्फत पनि दिएका थिए। उानीहरुले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबै व्यक्तिलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत आग्रह गरेका छन्।

गत साता प्रधानमन्त्रीको निजी चिकित्सक डा‍‍. दिव्यासिंह शाह कोरोना संक्रमण भएकी थिइन् ।

images
प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - १८:३०:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology