Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यसकारण रोकियो मन्त्रिमण्डल पुनर्गठन

यसकारण रोकियो मन्त्रिमण्डल पुनर्गठन

दैनिकी न्यूज

१२, आश्विन २०७७
यसकारण रोकियो मन्त्रिमण्डल पुनर्गठन
images

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनका लागि निर्णायक छलफलमा रहेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच अझै सहमति जुट्न सकेको छैन ।
बिहीबारदेखि लगातार छलफलमा रहेका ओली र दाहालबीच मन्त्रिमण्डल पुनर्गठन कसरी गर्ने ? भन्ने विषयमै समझदारी बन्न नसकेको दुबै तर्फका स्रोतहरुले जनाएका छन् । सोमबार विहान पौने १२ देखि बालुवाटारमा भएको छलफलमा कुनै सहमति बन्न नसकेको हो । अध्यक्षद्वयबीच मन्त्रिपरिषद पुनर्गठन र संवैधानिक आयोगको पदपूर्तिको विषयमा छलफल भएको थियो । मन्त्रिमण्डलको पुनर्गठनमा कुन मोडल अपनाउने भन्ने बारेमा उनीहरुबीच कुरा मिल्न नसकेको हो । यसअघि असोज ४ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले २ वर्ष पुगेका मन्त्रीलाई फिर्ता गरेर अन्य नयाँ लैजाने, कार्यसम्पादनका आधारमा मन्त्री फेरबदल गर्ने लगायतका प्रस्ताव राखेका थिए । कार्यकारी अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्दा २ वर्ष पुगेका सबै हटाउने र आवश्यकपरेकालाई फेरि ल्याउन सुझाव दिएका थिए । तर,ओलीले यसमा सहमति जनाएका छैनन् । आइतबार नै मन्त्रिमण्डल पुनर्गठनको हल्ला चलेपनि प्रचण्डसँग भेटेपछि ओली व्याक हटेका थिए ।

images
प्रकाशित मिति :आश्विन १२, २०७७ सोमवार - १५:२१:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology