Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनका गरगहना किनी नक्कली नोट दिई भाग्ने दुई व्यक्ति पक्राउ

सुनका गरगहना किनी नक्कली नोट दिई भाग्ने दुई व्यक्ति पक्राउ

दैनिकी न्यूज

९, आश्विन २०७७
सुनका गरगहना किनी नक्कली नोट दिई भाग्ने दुई व्यक्ति पक्राउ
images

ललितपुर । सुनका गरगहना किनी नक्कली नोट दिई भाग्ने दुई व्यक्ति महानगरीय अपराध शाखा ललितपुर र सातदोबाटो वृत्तबाट खटिएको संयुक्त टोलीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंं, टेकु घर भई हाल जिल्ला भक्तपुर सल्लाघारी बस्ने बर्ष २८ को ईक्युज तुलाधर र काठमाण्डौँ ज्याठा असन बस्ने बर्ष २७ को अजय महर्जन रहेका छन् ।

उनहरुले सर्लाही हरिवन नगरपालिका घर भई हाल ललितपुर–१४ ताल्छीखेल बस्ने डम्बरबहादुर रिजालले सञ्चालन गरेको जय माँ दुर्गा जेम्स एण्ड ज्वेलेरी हाउसबाट असोज १ गते सुनका गरगहना आवश्यक परेको छ भनि अडर गरी सुनको रानीहार ३ तोला ५८ लाल, सुनको छड्के तिलहरी ७५ लाल र सुनको सादा औठी ३२ लालका सुनका गरगहनाको ५ लाख २ हजार रुपैयाँ बराबरको किनेका थिए ।

तर सुनको बिल बनाउन लाग्दा उनीहरुले सुनको गरगहना हातमा लिई एक हजार रुपैयाँका ५ गड्डी टेवलमा राखी एक छिन है, दाइ भनि फोनमा बोल्दै बाहिर निस्की भागेकाका थिए ।

उनीहरुले टेबलमा छाडि गएको पैसा हेर्दा सबैभन्दा माथिको नेपाली नगद १÷१ हजार मात्र सक्कली जस्तो रहेको र बाँकी ४६५ थान नक्कली रहेको भनि संचालकले महानगरीय प्रहरी वृत्त सातदोबाटोलाई तत्कालै जानकारी गराएका थिए ।

वृत्त सातदोबाटोबाट प्रहरी टोली घटनास्थल तर्फ परिचालित भई आफ्नो वडा एरिया कर्डन सर्च गरी चेकजाँच कार्यलाई तिब्र पारी उक्त घटनाको सम्बन्धमा अनुसन्धान गर्नको लागी बिभिन्न प्रबिधिको प्रयोग गरी अनुसन्धान गर्दै जाने क्रममा संचालकले संचालन गरेको ज्वलरी पसलमा गई सुनको गरगहना अडर गरी नक्कली नोट टेबलमा राखी सुनको गरगहना हातमा लिई भागेकाहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले बताए । डीएसपी शर्माका अनुसार आज ललितपुर जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसुर मुद्दामा बिहीबारदेखि लागु हुने दिन ७ को म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।

प्रहरीले उनीहरुको साथबाट नक्कली नोट छाप्न प्रयोग गरिएको प्रिन्ट मेशिन थान १, ल्यापटप थान १, सिपियू थान १, १००० रुपैयााका नक्कली नोट थान ४६५ र सक्कली नोट थान ३७, सुनको रानीहार थान १, तिलहरी थान १ र सुनको औँठी थान १ र मोबाई थान २ समेत बरामत गरेको छ ।

images
प्रकाशित मिति :आश्विन ९, २०७७ शुक्रवार - १८:०४:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology