रसुवा । चीनबाट आयात गरिएका स्वास्थ्य सामग्री नेपाल भित्रिन थालेका छन् ।रसुवागढी नाकाबाट बुधबार अपराह्न स्वास्थ्य सामग्री लिएको दुई ट्रक नेपाल भित्रिएको हो ।
आयात भएका ती सामग्रीको भन्सार जाँच गर्ने कार्य बुधबार नै सम्पन्न भई दुवै ट्रक गन्तव्यतर्फ पठाइसकिएको जानकारी रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले दिए ।
अन्य सामग्री आयातका लागि सीमा क्षेत्रका चिनियाँ अधिकारीसँग समन्वय भइरहेको र बिहीबार पाँच ट्रक विविध सामग्री रसुवागढी आइपुग्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।