Logo

सोमवार, श्रावण २५ गते २०८३

images

टुंगियो राप्रपाको विवाद, चुनाव चिन्ह र झण्डाबारे यसरी जुट्यो सहमति

टुंगियो राप्रपाको विवाद, चुनाव चिन्ह र झण्डाबारे यसरी जुट्यो सहमति

दैनिकी न्यूज

६, आश्विन २०७७
टुंगियो राप्रपाको विवाद, चुनाव चिन्ह र झण्डाबारे यसरी जुट्यो सहमति
images

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको चुनाव चिन्ह हलो राख्ने सहमति गरेर पार्टीभित्रको विवाद टुंग्याएको छ । पार्टी एकतापछि गठन भएको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकले झण्डामा गाई र चुनाव चिन्ह हलो राख्ने निर्णय गरेको हो।
यसघि पार्टीभित्र हलो कि गाई ? भन्नेमा चर्को विवाद थियो । सोही विवादका कारण पार्टी एकता नै भंग हुने अवस्था आएपछि अध्यक्ष कमल थापा, पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनीले छलफल गरेर चुनाव चिन्ह हलो र झन्डामा गाई चिन्ह राख्ने सहमति गरेका हुन् ।

बैठकले पार्टीको एकता महाधिवेसन आगामी बैशाख २५ देखि २८ गते गर्ने भएको छ। गत २८ फागुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा। प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा ९संयुक्त०बीच पार्टी एकता भएको थियो।

सो निर्णयपछि राप्रपाका अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाह चिह्न परिवर्तन गर्न बाध्य भएको प्रतिक्रिया दिएका छन्। उनले हिन्दू राष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति गाई चुनाव चिह्न उपयुक्त हुने बताएका छन् । अध्यक्ष थापाले अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आह्वान समेत गरेका छन्।

images
प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - २१:३२:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology