Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा थपिए ३९ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

ललितपुरमा थपिए ३९ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

दैनिकी न्यूज

२७, भाद्र २०७७
ललितपुरमा थपिए ३९  जना कोरोना संक्रमित, कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा शुक्रबार थप ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ३९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये १८ जना महिला र २१ जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका ११ जना महिला, १५ जना पुरुष गरी जम्मा २६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ५ जना महिला, ५ जना पुरुष गरी ११ जना र र गोदावरी नगरपालिकाका २ जना महिलामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या १२ सय ६५ जना रहेको छ, जसमध्ये पुरुष ७०५ जना र महिला ५६० जना रहेको छ ।

images
प्रकाशित मिति :भाद्र २७, २०७७ शनिवार - ०७:१३:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology