Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेकपामा प्रचण्ड झन शक्तिशाली, यी हुन् स्थायी समितिका निर्णय

नेकपामा प्रचण्ड झन शक्तिशाली, यी हुन् स्थायी समितिका निर्णय

दैनिकी न्यूज

२६, भाद्र २०७७
नेकपामा प्रचण्ड झन शक्तिशाली, यी हुन् स्थायी समितिका निर्णय
images

काठमाडौं ।अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको सहमतिका १५ बुँदालाई पारित गर्दै सत्तारुढ दल नेकपाको स्थायी समितिको बैठक सकिएको छ । बैठकले महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ र कार्यकारी अध्यक्ष प्रचण्डलाई शक्तिशाली बनाएको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बिचमा राखिएका प्रचण्डले पुरै कार्यकारी अधिकार प्रयोग गर्दै  बैठक चलाएका थिए । पार्टीको सचिवालयको सुझाव र दुई अध्यक्षको परामर्शमा सरकार सञ्चालन हुनुपर्ने निष्कर्ष  निकाल्दै प्रचण्डको भुमिका बढाएको हो ।
‘आधारभूत नीति र राष्ट्रिय महत्वका निर्णय लिँदा पार्टीको मार्गनिर्देशनअनुसार गर्नुपर्ने आजको बैठकले निष्कर्ष निकालेको छ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भने, ‘त्यसैगरी कुनै नीति, विधेयक तयार गर्दा तिनका सैद्धान्तिक पक्षबारे पार्टीका केन्द्रीय कमिटी, स्थायी कमिटी वा सचिवालयमा छलफल गर्ने निष्कर्ष समेत बैठकले गरेको छ।’
असार १० गतेदेखि सुरु बैठक असार १८ पछि निरन्तर स्थगित हुँदै आएको बैठक साउन १३ गते  अध्यक्ष प्रचण्डले बहुमत २९ जना सदस्य लिएर सञ्चालन गरेपछि विवाद झन् चर्किएको थियो। त्यसको ४३ दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक एकैदिनमा सकिएको हो । आजको बैठक साढे चार घण्टा चलेको थियो । बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित भीम आचार्य, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, घनश्याम भुसाल, मातृका यादव, लीलामणि बोलेका थिए ।

images
प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - २०:५७:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology