Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेकपा स्थायी कमिटी बैठक बस्दै

नेकपा स्थायी कमिटी बैठक बस्दै

दैनिकी न्यूज

२६, भाद्र २०७७
नेकपा स्थायी कमिटी बैठक बस्दै
images

काठमाडौँ  । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ। साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्ययनका लागि तयार पारिएको प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको छ । अध्यक्षद्वयले त्यसलाई अध्ययन गरेर आफ्नो सुझाव लिखित वा मौखिक रूपमा बैठकमा प्रस्तुत गर्नुहुने जानकारी महासचिव पौडेलले दिए ।

अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी कमिटीका सदस्यलाई पठाउनुभएको प्रस्तावमा पार्टी एकताको महìवलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्नुपर्ने उल्लेख छन् । त्यस्तै एकताको राष्ट्रि«य महाधिवेशन आयोजना गर्ने, सरकारको काम, संसदीय दलको भूमिका, प्रदेश सरकार र स्थानीय तहको भूमिका प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ ।

साथै कोभिड–१९ को नियन्त्रणलाई थप प्रभावकारी बनाउने उपायका बारेमा पनि नेकपा स्थायी कमिटीको बैठकमा छलफल गर्ने कार्यसूची तय गरिएको छ।

images
प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - ०८:०३:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology