Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ओली र प्रचण्डबीच कसरी बन्यो सहमति, यस्ता छन् १५ बुँदा

ओली र प्रचण्डबीच कसरी बन्यो सहमति, यस्ता छन् १५ बुँदा

दैनिकी न्यूज

२४, भाद्र २०७७
ओली र प्रचण्डबीच कसरी बन्यो सहमति, यस्ता छन् १५ बुँदा
images

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले शुक्रबार बस्ने स्थायी कमिटी बैठकका लागि पेश गर्ने सयुक्त प्रस्ताव तयार पारेका छन् । बुधबार बालुवाटारमा भएको छलफलपछि आ–आफ्नो कार्यविभाजनसहितको सहमतिको प्रस्ताव तयार पारेर स्थायी समिति सदस्यहरुलाई वितरण गरेका छन् ।
पार्टी विवाद समाधानका लागि गठन गरिएको महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनलाई परिमार्जन गर्दै ओली र प्रचण्डले तीन महिना लामो पार्टी विवाद टुंगाउने १५ पृष्ठ लामो १५बुँदे प्रस्ताव तयार पारेका हुन् ।

सदस्यहरुलाई इमेलमा पठाइएको प्रस्तावमा स्थायी कमिटीका लागि पार्टी एकताको महत्वलाई आत्मसात गर्ने, पद्धती र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठनात्मक क्षेत्रमा काम गर्ने, एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने, सरकारको कामबारे थप काम गर्ने र संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने बुँदा छन् ।

यसबाहेक प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाउने, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा गर्ने काम, कोभिड– १९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनरुत्थान गर्ने, बाढी–पहिरोद्वारा सिर्जित प्राकृतिक विपत्तिको सामना गर्ने, शान्ति प्रकृयाका बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानहरुको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्ने र मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौतालाई स्थायी कमिटी बैठकको एजेन्डा बनाइएको छ ।

images
प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - २१:१३:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology