काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ६११ पीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै प्रवक्ता गौतमका अनुसार आज थप २ हजार २८७ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ।