Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरका मेयरको ‘घाँटी रेटीदिन्छु’ भनी अन्तर्वार्ता दिने पक्राउ

ललितपुरका मेयरको ‘घाँटी रेटीदिन्छु’ भनी अन्तर्वार्ता दिने पक्राउ

दैनिकी न्यूज

२१, भाद्र २०७७
ललितपुरका मेयरको ‘घाँटी रेटीदिन्छु’ भनी अन्तर्वार्ता दिने पक्राउ
images

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयरको घाँटी रेटीदिन्छु भनी सार्वजनिक अन्तर्वार्ता दिने एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं. १३, कुसुन्ती बस्ने ४३ वर्षीय संजय शाक्य रहेका छन्।

रातो मत्सेन्द्रनाथको रथयात्रा गर्ने क्रममा बिहीबार पुल्चोकमा भएको घटना सम्बन्धमा उनले मेयरको घाँटी रेट्ने अभिव्यक्ति दिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

रथयात्राका क्रममा ढुंगामुढा गर्ने, उपस्थित भीडलाई उत्तेजीत गराउने व्यक्तिलाई खोजतलास गर्ने क्रममा आइतबार कुसुन्तीबाट शाक्य पक्राउ परेका हुन्। उनलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर, ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

images
प्रकाशित मिति :भाद्र २१, २०७७ आइतवार - २१:२९:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology