Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मच्छिन्द्रनाथको रथयात्रा, ललितपुर प्रवेश गर्ने सबै नाका बन्द

मच्छिन्द्रनाथको रथयात्रा, ललितपुर प्रवेश गर्ने सबै नाका बन्द

दैनिकी न्यूज

२१, भाद्र २०७७
मच्छिन्द्रनाथको रथयात्रा, ललितपुर प्रवेश गर्ने सबै नाका बन्द
images

ललितपुर । ललितपुरको पुल्चोकमा आज रातो मच्छिन्द्रनाथको रथ तानिने भएपछि ललितपुरको चक्रपथ भित्र सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रवेश गर्ने सबै नाकामा सर्वसाधारणलाई प्रवेश रोक लगाइएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ । कुपन्डोल, कोटेश्वर, बल्खु, शंखमुल, च्यासल लगायतका क्षेत्रमा सर्वसाधारणलाई जिल्ला प्रवेश गर्न रोक लगाइएको छ । सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । मच्छिन्द्रनाथको रथ दिउँसो साढे ३ बजे तानिनेछ ।

प्रशासनले रथ रहेको पुल्चोक क्षेत्रमा यसअघि नै निषेधित क्षेत्र घोषणा गरिसकेको छ । त्यस क्षेत्रमा बाक्लो रुपमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। नेवार समुदायका विभिन्न संघसंस्थाले स्वयंसेवक परिचालन गरेका छन् ।
कोरोना संक्रमणकोे जोखिमका कारण यसवर्ष रथलाई विधिपुर्वक नगर परिक्रमा गराइने छैन। पुल्चोकस्थित रथ रहेको स्थानबाट करिव १५ मिटर अगाडि सारेर त्यहीँ रथको पूजा गरिनेछ।

यसअघि गत बिहीबार स्थानीयले प्रशासनको अनुमतिबिनै रथ तान्न थालेपछि प्रहरीसँग झडप भएको थियो। प्रहरीले रथ तान्न रोक लगाउने क्रममा स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गरेका थिए।

त्यस क्रममा चार प्रहरी र केही स्थानीय घाइते भएका थिए। प्रहरीमाथि कुटपिट गर्ने स्थानीयलाई पक्राउ गरेर शान्तिविरुद्धको कसुरमा मुद्दा अगाडि बढाइएको छ।

images
प्रकाशित मिति :भाद्र २१, २०७७ आइतवार - १५:२४:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology