ललितपुर । ललितपुरमा शनिबार थप ६४ जना कोरोना संक्रमित थपिएका छन् ।
ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ६४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये २८ जना महिला र ३६ जना पुरुष रहेका छन् ।
पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका २७ जना महिला, ३१ जना पुरुष गरी जम्मा ५८ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै महालक्ष्मी नगरपालिकाका १ जना महिला, ३ जना पुरुष गरी ४ जना र गोदावरी नगरपालिकाका २ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या १ हजार ५४ जना रहेको छ, जसमध्ये पुरुष ५९४ जना र महिला ४६० जना रहेको छ ।