Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू (सूचना सहित)

ललितपुरमा बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू (सूचना सहित)

दैनिकी न्यूज

१८, भाद्र २०७७
ललितपुरमा  बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू (सूचना सहित)
images

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको छ।

बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको ललितपुर प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।

कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू जारी गरिएको हो।

बिहीबार ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

कर्फ्यू बल्खु पुल, मनहरा पुलदेखि महानगरभित्रको चक्रपथ क्षेत्रमा कायम रहनेछ ।

झडपका क्रममा प्रदर्शनकारीले एकजना ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई निर्घात कुटपिट गरेका थिए। झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ कयौँ घाइते भएका थिए। ट्राफिक प्रहरीलाई कुटपिट गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणा लिएको छ ।

corfew.jpg

images
प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - २१:५३:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology