बारा । कोरोना संक्रमणका कारण बारामा १७ जनाको मृत्यु भएको छ । बारा प्रहरीले दिएको बिहीबारसम्मको विवरण अनुसार जिल्लामा १६ पुरुष र १ महिला गरेर १७ जनाको कोरोना संक्रमण भएर मृत्यु भएको हो । प्रदेश २ अन्तर्गत पर्ने सो जिल्लामा बिहीबार ६ जना संक्रमित थपिएका छन् ।
यस्तै कोरोना संक्रमित पुष्टि भएकामध्ये ६ जना सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आइसोलेसनमा १ सय८३ जना बसेका छन् भने, होम आइसोलेसनमा बस्ने संख्या सबैभन्दा बढी ३ सय १२ रहेको छ । कोरोना संक्रमण समुदायमा फैलिसकेको बारमा जिल्लामा निषेधाज्ञा अझैपनि जारी छ ।