Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एकै दिनमा २८ जना फरार प्रतिवादी पक्राउ

एकै दिनमा २८ जना फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

१७, भाद्र २०७७
एकै दिनमा २८ जना फरार प्रतिवादी पक्राउ
images

कास्की । दण्डहिनता विरुद्धको अभियान अन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रही विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २८ जना फरार प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्याङजा कोल्मा घर भई हाल पोखरा महानगरपालिका(२७ बस्ने सरकारी छाप दस्तखत कीर्ते मुद्दामा १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकीएका २१ वर्षीय अनिल थापा मगर, पोखरा महानगरपालिका(१० बस्ने बैंङकिङ् कसुर मुद्दामा ७ दिन कैद सजाय र ९ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएका ५३ वर्षीय धिरज गुरुङ र केही सार्वजनिक अपराध मुद्दामा ३ सय ५० रुपैयाँ देखि ५ हजार रुपैयाँसम्म जरिवाना तोकी फरार रहेका कास्की जिल्ला अन्तर्गतका विभिन्न स्थानमा बस्ने २६ जना प्रतिवादीहरु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत कास्कीमा पेश गरेको उक्त कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - १५:३७:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology