Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मंगलबार ललितपुरमा एकैदिन थपिए ४५ कोरोना संक्रमित, हेर्नुहोस कुन पालिकामा कति ?

मंगलबार ललितपुरमा एकैदिन थपिए ४५ कोरोना संक्रमित, हेर्नुहोस कुन पालिकामा कति ?

दैनिकी न्यूज

९, भाद्र २०७७
मंगलबार ललितपुरमा एकैदिन थपिए ४५ कोरोना संक्रमित, हेर्नुहोस कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा मंगलबार थप ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ४५ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये १८ महिला र २७ पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका १३ महिला, १७ पुरुष गरी जम्मा ३० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ६ जना पुरुष, ५ जना महिला गरी ११ जना र गोदावरी नगरपालिकामा ४ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुर जिल्लामा कोरोना संक्रमितको संख्या ५३२ पुगेको छ, जसमा पुरुष ३११ जना र महिला २२१ जना रहेका छन् ।

1.jpg

images
प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - २०:३४:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology