ललितपुर । ललितपुर महानगरपालिका क्षेत्रमा मात्र कोरोना संक्रमितको संख्या २८० पुगेको छ । महानगरपालिका स्रोतका अनुसार शनिबारसम्म ललितपुर महानगरपालिकामा २ सय ८० जना संक्रमित भएका छन्, जसमा पुरुष १६२ र महिला ११८ जना रहेका छन् । संक्रमति मध्ये ललितपुर महानगरपालिकामा स्थायी रुपमा बसोबास गर्ने १३३ जना र अस्थायी रुपमा बसोबास गर्ने १४२ जना रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । आइतबार पनि संक्रमितको संख्या थपिएको छ । तर, आइतबार थपिएको संख्या महानगरमा नपुगेकाले सो संख्या यहाँ उल्लेख गरिएको छैन ।
महानगरपालिका अनुसार सबैभन्दा धेरै वडा नम्बर २३ मा संक्रमित छन् । त्यहाँ ३२ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै दोस्रो स्थानमा वडा नम्बर ३, १४ क्षेत्र रहेको छ । यहाँ २७/२७ जना संक्रमित भएको महानगरपालिकाले जनाएको छ । तेस्रोमा वडा नं. १५ रहेको छ, जसमा २० जनामा कोरोना पोजिटिभ देखिएको छ । चौथोमा वडा नं. ५ मा १९ जना, पाँचौमा वडा नं. २५ मा १५ जना, छैटौमा वडा नं. २ मा १३ जना संक्रमित भेटिएको छ ।
सबैभन्दा कम वडा नम्बर २९, वडा नं. २१ मा १–१ जना संक्रमित छन् । महानगरमा हालसम्म बुंगमतीमा १ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
हेर्नुहोस् कुन वडा कति
वडा नं. १, महिला ४, पुरुष ८ गरी जम्मा १२ जना
वडा नं. २, महिला ५, पुरुष ८ गरी जम्मा १३ जना
वडा नं. ३, महिला ७, पुरुष २० गरी जम्मा २७ जना
वडा नं. ४, महिला ३, पुरुष ४ गरी जम्मा ७ जना
वडा नं. ५, महिला ४, पुरुष १५ गरी जम्मा १९ जना
वडा नं. ६, महिला २, पुरुष ३ गरी जम्मा ५ जना
वडा नं. ७, महिला १, पुरुष १ गरी जम्मा २ जना
वडा नं. ८, महिला २, पुरुष २ गरी जम्मा ४ जना
वडा नं. ९, महिला १, पुरुष ४ गरी जम्मा ५ जना
वडा नं. १०, महिला ६, पुरुष ६ गरी जम्मा १२ जना
वडा नं. ११, महिला १, पुरुष ५ गरी जम्मा ६ जना
वडा नं. १२, महिला १, पुरुष १ गरी जम्मा २ जना
वडा नं. १३, महिला १, पुरुष २ गरी जम्मा ३ जना
वडा नं. १४, महिला १३, पुरुष १४ गरी जम्मा २७ जना
वडा नं. १५, महिला ३, पुरुष १७ गरी जम्मा २० जना
वडा नं. १६, महिला ४, पुरुष १ गरी जम्मा ५ जना
वडा नं. १७, महिला ४, पुरुष ७ गरी जम्मा ११ जना
वडा नं. १८, महिला ४, पुरुष १ गरी जम्मा ५ जना
वडा नं. १९, महिला २, पुरुष ६ गरी जम्मा ८ जना
वडा नं. २०, महिला ३, पुरुष १ गरी जम्मा ४ जना
वडा नं. २१, महिला ०, पुरुष १ गरी जम्मा १ जना
वडा नं. २२, महिला २, पुरुष ३ गरी जम्मा ५ जना
वडा नं. २३, महिला २४, पुरुष ८ गरी जम्मा ३२ जना
वडा नं. २४, महिला ३, पुरुष १ गरी जम्मा ४ जना
वडा नं. २५, महिला ४, पुरुष ११ गरी जम्मा १५ जना
वडा नं. २६, महिला २, पुरुष ५ गरी जम्मा ७ जना
वडा नं. २७, महिला ५, पुरुष २ गरी जम्मा ७ जना
वडा नं. २८, महिला ७, पुरुष ४ गरी जम्मा ११ जना
वडा नं. २९, महिला ०, पुरुष १ गरी जम्मा १ जना