Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा शनिबार एकैदिन थपिए २० संक्रमित, सबैभन्दा बढी महानगरका

ललितपुरमा शनिबार एकैदिन थपिए २० संक्रमित, सबैभन्दा बढी महानगरका

दैनिकी न्यूज

६, भाद्र २०७७
ललितपुरमा शनिबार एकैदिन थपिए २० संक्रमित, सबैभन्दा बढी महानगरका
images

ललितपुर । जिल्लामा रहेका एक महानगरसहित दुई वटा नगरपालिकामा कोरोना संक्रमितको संख्या निरन्तर बढीरहेको छ । शनिबार एकैदिन जिल्लामा २० जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । जसमा सबैभन्दा बढी ललितपुर महानगरमा पुष्टि भएको छ । महानगरमा १० महिला र ८ जना पुरुष गरी १८ जनालाई कोरोना संक्रमण भएको छ । यस्तै महालक्ष्मी नगरपालिकामा एकजना पुरुष र गोदावरी नगरपालिकाको थप एक जना पुरुषमा समेत कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
महानगरसहित दुईवटा नगरपालिकामा शुक्रबार २२ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो दिन तीनै नगरमा संक्रमितको संख्या बढ्दै गएको र उनीहरुको यात्रा विवरण लिएर घरमै र अस्पतालमा आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ६, २०७७ शनिवार - २१:०३:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology