Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपालमा भयावह बन्दै कोरोना, हालसम्म एक सय ४६ जनाको मृत्यु

नेपालमा भयावह बन्दै कोरोना, हालसम्म एक सय ४६ जनाको मृत्यु

दैनिकी न्यूज

६, भाद्र २०७७
नेपालमा भयावह बन्दै कोरोना, हालसम्म एक सय ४६ जनाको मृत्यु
images

काठमाडौं । नेपालमा कोरोनाको कारण मृत्युदर ह्वात्तै बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ ३ गतेदेखि भदौ ७ गतेसम्म आइपुग्दा १ सय ४६ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । मृतकमध्ये अधिकांसलाई अन्य रोगको संक्रमण रहेको र त्यसमा कोरोना पोजिटिभ पनि देखिएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा मात्रै ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा सुनसरी, पर्सा, बारा, सिराह, मकवानपुर र भक्तपुरका संक्रमितको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा सुनसरीका २ जना रहेका छन् । सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । पर्साका ६१ वर्षीय, ५८ वर्षीय र ४८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ । बाराका ५८ वर्षीय, सिरहाका ६८ वर्षीय, मकवानपुरका ५६ वर्षीय र भक्तपुरका ७३ वर्षीय व्यक्तिको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

images
प्रकाशित मिति :भाद्र ६, २०७७ शनिवार - २०:३७:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology