ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलमा अवस्थित किष्ट मेडिकल कलेजमा उपचारत एक महिलामा कोरोना (कोभिड–१९) देखिएको छ ।
भारत सितामाडि घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्को बस्ने २४ वर्षकी महिलामा कोरोना पोजिटिभ देखिएको हो ।
असार १९ गते सुत्केरी भएकी ती महिला १९ गते किस्ट हस्पिटल भर्ना भएको स्रोतले बतायो । उनको स्वाब संकलन गरी पाटन हस्पिटलमा परीक्षण गर्दा कोरोना देखिएको हो ।
उनी अहिले पाटन हस्पिटलको कोभिड वाडमा भर्ना भएकी छिन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।