Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बज्राचार्य सम्पर्कमा नरहेको विप्लव पार्टीको दाबी, एसएसपी राईलाई यस्तो निर्देशन

बज्राचार्य सम्पर्कमा नरहेको विप्लव पार्टीको दाबी, एसएसपी राईलाई यस्तो निर्देशन

दैनिकी न्यूज

१, आषाढ २०७७
बज्राचार्य सम्पर्कमा नरहेको विप्लव पार्टीको दाबी, एसएसपी राईलाई यस्तो निर्देशन
images

ललितपुर । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ललितपुरबाट ठूलो विस्फोटक पदर्थसहित पक्राउ परेका श्याम बज्राचार्य आफ्नो पार्टी सम्पर्कमा नरहेको दाबी गरेको छ ।

आइतबार ललितपुर जिल्लाका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईलाई निर्देशन पत्र जारी गर्दै सो पार्टीका ललितपुर सेक्रेटरी विदुषीले पक्राउ परेका भनिएका श्याम बज्राचार्य लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको र सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु प्रसारण भएकोमा आपत्ति जनाएको हुन् ।

उनले आफ्ना कार्यकर्तामाथि अनावश्यक धरपकड नगर्न समेत सचेत गराउँदै नागरिकको बाँच्ने अधिकारको हनन् नगर्न आग्रह गरेका छन् । विज्ञप्तीमा प्रहरीले अनावश्यक रुपमा घर खानतलासी गरेको, शारिरीक र मानसिक यातना दिएको प्रति आपत्ति जनाउँदै त्यस्ता गतिविधि बन्द गर्न एसएसपी राईलाई सुझाव दिएका छन् ।

bb.jpg

‘नागरिकको चरित्र हत्या गर्ने खालका अभिव्यक्ति दिने र एक राजनीतिक पार्टीमा आस्था राखेको आधारमा एक स्वतन्त्र नागरिक भएर जिउने अधिकारको हनन् गर्दै अनावश्यक खानतलासी गर्ने ? घर घेर्ने, धरपकड गर्ने र शारीरीक तथा मानसिक यातना दिने काम तुरुन्त रोक्न निर्देशन गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले जेठ ३० गते ललितपुर पाटनबाट ठूलो परिमाणको विस्फोटक पदार्थसहित विप्लवका जिल्ला सचिवालय सदस्य बज्राचार्यलाई पक्राउ गरेको थियो ।

उनलाई पक्राउ गरेपछि प्रहरीले काठमाडौं जोरपाटीस्थित नेपालटारमा रहेको घरमा छापा मार्दा विप्लव पार्टीका केही महत्वपूर्ण दस्तावेज पनि बरामद गरेको जनाएको थियो । प्रहरीले विप्लव समूह काठमाडौंमा ठूलै विस्फोट गराउने योजनामा रहेको र त्यसलाई निस्तेज पार्न सफल भएको दाबी गरेको २ दिनपछि सो पार्टीको विज्ञप्ती आएको हो ।

 

यो पनि पढ्नुहोस

विप्लव समूह ललितपुरका नेता बज्रचार्यको कोठाबाट विष्फोटक पदार्थ बरामद

बन्दुक र बमसहित विप्लव समूहका जिल्ला नेता ललितपुरबाट पक्राउ

images
प्रकाशित मिति :आषाढ १, २०७७ सोमवार - ०७:५७:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology