ललितपुर । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) को विप्लव समूहका ललितपुर जिल्ला कमिटिको सचिवालय सदस्य पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परीसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार विप्लव समूहका श्याम भन्ने सानुराज बज्रचार्य पक्राउ परेका हुन् । उनलाई आज साँझ ललितपुर महानगरपालिका वडा नं. ११ ईखाछे बंगलामुखीबाट पक्राउ गरिएको एसएसपी राईले पुष्टि गरेका हुन् ।
उनी बसको घरकोठ खनतलास गर्दा १ थान कटुवा पेस्तोल, ३ वटा शंकास्पद सकेट बम र विप्लव समुहसँग सम्बन्धित पुस्तक, लेटरप्याड समेत समेत बरामद गरेको प्रहरीको भनाई छ । घटनास्थलमा नेपाल प्रहरी र राजदल गणको सेना पुगिसकेको छ ।
नेपाली सेनाले उक्त सकेट बमलाई घर नजिकै रहेको मकैबारीमा डिस्पोज गरेको प्रहरीले जनाएको छ । सकेट बम डिस्पोज गर्दा ठूलो आवाज आएको एक स्थानीयले दैनिकीन्युजलाई जानकारी दिए ।