Logo

आइतवार, श्रावण २४ गते २०८३

images

डिलाईटलाई होल्डिङ सेन्टर बनाउन नदिन जनप्रतिनिधि सक्रिय, सिडिओ कार्यालयमा विरोध प्रदर्शन

डिलाईटलाई होल्डिङ सेन्टर बनाउन नदिन जनप्रतिनिधि सक्रिय, सिडिओ कार्यालयमा विरोध प्रदर्शन

दैनिकी न्यूज

२३, जेठ २०७७
डिलाईटलाई होल्डिङ सेन्टर बनाउन नदिन जनप्रतिनिधि सक्रिय, सिडिओ कार्यालयमा विरोध प्रदर्शन
images

ललितपुर । ललितपुरको डिलाईट पार्टी भेन्यूलाई होल्डिङ सेन्टर बनाउन नदिन जनप्रतिनिधि र स्थानीय लागेका छन् ।

विदेशबाट फर्किएका नेपालीलाई केहीबेर राख्न तोकिएको सो भेन्युलाई कुनै हालतमा होल्डिङ सेन्टर बनाउन नदिन वडाध्यक्ष, त्यसका संचालक र स्थानीय लागेका हुन् । ललितपुर महानगरपालिका ५ मा रहेको सो पार्टी भेन्युमा होल्डिङ सेन्टर बनाउने निर्णय फिर्ता गर्न माग गर्दै शुक्रबार ललितपुर जिल्ला प्रशासन कार्यालय घेराउ गर्न गएका छन् । तर प्रहरीले बिरोध प्रदर्शन गर्न रोकेको छ।
होल्डिङ सेन्टर बनाउन नहुने भनेर स्थानीय लागेपछि सरकारको निर्णय कार्यान्वयन गराउन नसकिने भेन्यूले प्रष्ट पारेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय ललितपुरले मण्डला पार्टी भेन्यू खरिबोट बालकुमारी, सिद्धार्थ कटेज धोवीघाट र डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थानलाई होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो ।

डिलाइट पार्टी भेन्युलाई त्यस्तो कुनै सेन्टर बनाउन नहुने भन्दै स्थानीय विरोधमा उत्रिएपछि संचालक समेत पछि हटेका हुन् ।

कोरोनाको संक्रमण फैलन थालेपछि सरकारले बनाउने क्वारेन्टिनको लागि सो भेन्यु उपलब्ध गराउने घोषणा गरेको सो पार्टी भेन्यु आफ्नै घोषणाबाट पछि हटेको हो ।

स्थानीयहरुले ‘पार्टी भेन्यूलाई होल्डिङ सेन्टर बनाउन दिन्नौं भनेर निर्णय गरेपछि आफू पनि दबाबमा परेको डिलाइट पार्टी भेन्यूका अध्यक्ष तथा सिईओ चेतनाथ बजगाईँले बताए ।

‘‘सरकारलाई साथ दिने हाम्रो इच्छा भएपनि स्थानीयले विरोध गरेपछि दबाबमा परियो’, उनले भने, ‘ स्थानीयको सहमति नभएपछी तत्काल पार्टी भेन्यु दिन नसक्ने भयौं ।’

सरकारले विदेशमा रहेका नेपालीलाई शुक्रबारदेखि नेपाल फर्काउन थालेको छ । नेपाल ल्याइएका ऊनीहरुलाई होल्डिङ सेन्टर राखेर अनि मात्रै सम्बन्धित स्थान पुर्‍याउने तयारी अनुसार ललितपुरमा पनि तीन स्थान तोकिएको हो ।

महालक्ष्मी टोलका स्थानीयबासीहरुले सूचना समेत जारी गरेका छन् । ऊनीहरुले घनाबस्ती रहेको र अत्यन्तै जोखिम हुने स्थान भएकोले डिलाइटलाई प्रयोग गर्न नदिने र जबर्जस्ती गरिए विरोध गर्ने चेतावनी दिएका छन् ।

ललितपुर महानगरपालिका वडा नं. ५ का वडाअध्यक्ष विकासमान श्रेष्ठले पनि महानगरपालिकालाई एक पत्र लेख्दै आफ्नो वडामा संक्रमण बढ्न सक्छ भन्दै डिलाइट पार्टी भेन्यू स्थान उपलब्ध गराउन नसकिने जानकारी गराएका छन् । ‘वडा नं। ५ क्षेत्रमा संचालन भैरहेको महालक्ष्मी पार्टी थसीखेल, डिलाइट पार्टी भेन्यू र क्रिष्टल पार्टी प्यालेस मानभवनलाई विदेशबाट आएका नपाली नागरिकहरुको लागि हाल विश्वव्यापी रुपमा फैलिरहको कोरोना भाइरस रोगको रोगथाम एवं नियन्त्रण गर्न क्वारेन्टाइनका तयार गरी स्थापन गर्न लागेको सूचना अनुसार स्थानीयहरु, टोलसूधार र महिला समुह, क्लबसँग गरिएको छलफलमा जेष्ठ नागरिक बसोबास गरेकोले क्वारेन्टाइन बनाउन असहमति छ ।’ सो निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उनले जनाए ।

यसैबिच जिल्ला प्रशासन कार्यालय ललितपुरले डिलाइट पार्टी भेन्यूलाई एकपत्र काटी पार्टी भेन्यूलाई होल्डिङ सेन्टर बनाउन लागेको जानकारी लगाएको पत्र पठाएको छ । मिति २०७७ जेठ २२ को च. नं. ६२५९ को पत्र लेखी जिल्ला कोभिड–१९ सिएमसी ललितपुरको जेठ २१ गतेको निर्णय अनुसार ‘गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा सिंहदरवार काठमाडौंंको च.नं. ३९६१, मिति २०७७ जेठ १४ को पत्रमा उल्लेख भै आए बमोजिम कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ प्रभावकारी रुपमा कार्यान्वयन गर्न ललितपुर महागरपालिका वडा नं. ३ धोवीघाट स्थित सिद्धार्थ कटेज, वडा नं. ८ स्थित मण्डला हाउस र वडा नं. ५ स्थित डिलाइट पार्टी भेन्यू तोकिएको ।’ उल्लेख छ ।

कोरोना भाइरसको संक्रमणबाट हुने सम्भाबित क्षति र त्यसको न्यूनिकरणको लागि स्थान उपलव्ध गराउने डिलाइट समूहले घोषणा गरेको थियो ।

ललितपुरमा ९ सय जनाका लागि मण्डला पार्टी भेन्यू खरिबोट बालकुमारी, सिद्धार्थ कटेज धोवीघाट र डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थानमा होल्डिङ सेन्टर बनाइएको छ । यहाँ जगेडाका रुपमा डिलाइट पार्टी भेन्यू तयार पारिएको छ । सबैको क्षमता तीन÷तीन सय रहेको सेनाले जनाएपनि डिलाइट पार्टी भेन्यूमा स्थानीय बासिन्दाको विरोधपछि होडिल्ङ सेन्टर बनाउन सेनाले सकेको छैन ।

यो पनि पढ्नुहोस

आजदेखि विदेशमा अलपत्र नेपालीको उद्धार गरिने, ललितपुरमा ३ ‘होल्डिङ सेन्टर’ तयार

images
प्रकाशित मिति :जेठ २३, २०७७ शुक्रवार - १४:३४:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology