Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा कार्यरत दुई प्रहरीमा कोरोनाको आशंका !

ललितपुरमा कार्यरत दुई प्रहरीमा कोरोनाको आशंका !

दैनिकी न्यूज

१८, जेठ २०७७
ललितपुरमा कार्यरत दुई प्रहरीमा कोरोनाको आशंका  !
images

ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुर अन्तर्गतको एक प्रभागमा कार्यरत दुई जना प्रहरीमा आरडिटी परीक्षण्मा पोजिटिभ देखिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका पवक्ता तथा एसपी तुलबहादुर कार्कीले यसको पुष्टि गर्दै कुन प्रभागमा रहेको प्रहरीमा देखिएको हो खुलाउन चाहेनन् । उनले भने, ‘पिसिआरको लागि स्बाव संकलन गरिएको छ । त्यसको रिपोर्ट नआएसम्म केही भन्न सकिदैन ।’

यसअघि महानगरी प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरीमा कोरोना भाइरस देखिएको थियो । कोरोना भाइरस देखिएसँगै सो वृत्त सिल गरी सबै प्रहरीको परीक्षण गरिएको थियो । परीक्षणमा सबै प्रहरीको रिपोर्ट नेगेटिभ आएसँगै वृत्तको काम कारवाही सुचारु भएको छ ।

यो पनि पढ्नुहोस

महालक्ष्मी नगरपालिकाले ३३ जनाको आरडीटी रिपोर्ट लुकायो, स्थानीयमा खैलाबैला

images
प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - १७:२४:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology