ललितपुर । शनिबार ललितपुरमा भेटिएकी कोरोनाको संक्रमित सुत्केरी महिला रहेको खुलेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय स्रोतका अनुसार सुनसरी धरान घर भएकी ती महिला २३ वर्षकी छिन् र उनको केही दिनअघि मात्रै इमाडोलमा रहेको किस्ट मेडिकल कलेज, अस्पतालमा सुत्केरी भएर डिस्चार्ज भएकी थिइन ।
हाल ललितपुर महानगरपालिका २७ सुनाकोठी, नख्खु खोला बस्दै आएकी उनको १२ जेठमा स्वाव संकलन गरिएको थियो । उनको स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलालले जानकारी दिए ।
कोरोना पोजिटिभ देखिएपनि ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ र उनी सुनाकोठी मै बसिररहेका कारण उनका परिवारको यात्रा विवरण संकलन गर्ने काम भइरहेको गेलालले बताए ।