Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोसी, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

कोसी, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

देवकी थापा

३०, आषाढ २०८१
कोसी, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ।

कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आन्शिक देखि साधारणतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ भने बाँकी प्रदेशहरुमा आंशिकदेखि मुख्यतया सफा रही एक वा दूई स्थानमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएको छ ।

२०८१ असार ३० गते (आइतबार)

दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई  स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती  प्रदेश र गण्डकी प्रदेशका केही  स्थानहरूमा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई  स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ।

२०८१ असार ३१ गते (सोमबार)

दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । देशभरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी प्रदेश, बागमती  प्रदेश र गण्डकी प्रदेशका एक-दुई  स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी प्रदेश,  बागमती प्रदेश र गण्डकी  प्रदेशका एक-दुई  स्थानमा  भारी  वर्षाको सम्भावना रहेको छ।

२०८१ साउन ०१ गते (मंगलबार)

दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी  प्रदेश र सुदूर पश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

कोशी प्रदेश, मधेश प्रदेश, बागमती  प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही  स्थानहरूमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई  स्थानमा  भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

images
प्रकाशित मिति :आषाढ ३०, २०८१ आइतवार - ०६:२४:४४ बजे

 

देवकी थापा

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology