Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज यी ५ प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

आज यी ५ प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

देवकी थापा

२७, आषाढ २०८१
आज यी ५ प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको छ।

हाल देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक(दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

२०८१ असार २७ गते (बिहीबार)

दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  केही  स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। 

रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका  केही  स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा धेरै भारी देखि अति भारी  वर्षाको सम्भावना रहेको छ। 

२०८१ असार २८ गते (शुक्रबार)

दिउँसोːदेशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  केहि  स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा धेरै भारी देखि अति भारी  वर्षाको सम्भावना रहेको छ। 

रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र  गण्डकी प्रदेशका  एक-दुई स्थानमा धेरै भारी  वर्षाको सम्भावना रहेको छ। 

२०८१ असार २९ गते (शनिबार)

दिउँसोːदेशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरूमा  भारी वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी  प्रदेशका  एक-दुई स्थानमा धेरै भारी  वर्षाको सम्भावना रहेको छ। 

रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश, बागमती  र  गण्डकी  प्रदेशका  एक-दुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ। 

images
प्रकाशित मिति :आषाढ २७, २०८१ बिहिवार - ०८:५७:२० बजे

 

देवकी थापा

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology