Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

यौन व्यवसाय संचालन गर्ने ७ व्यक्ति ललितपुरबाट पक्राउ, ७ दिनको म्याद थप

यौन व्यवसाय संचालन गर्ने ७ व्यक्ति ललितपुरबाट पक्राउ, ७ दिनको म्याद थप

दैनिकी न्यूज

२, भाद्र २०७८
यौन व्यवसाय संचालन गर्ने ७ व्यक्ति ललितपुरबाट पक्राउ, ७ दिनको म्याद थप
images

ललितपुर । यौन व्यवसाय (वेश्यावृत्ती) संचालन गर्ने ७ व्यक्तिलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । मंगलबार परीसरको टोलीले ललितपुर–३ कान्तिपुर हाईट स्थित अपार्टमेन्टमा घर घाडामा लिई व्यक्ति मार्फत प्रचार प्रसार गरी केटा र केटीलाई घर कोठामा बोलाई अवैद्य रुपमा यौन व्यवसाय संचालन गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

विगत केही समयदेखि उनीहरुले यौन व्यवसाय संचालन गरेका थिए । पक्राउ पर्नेहरुमा झापा जिल्ला दमक–७ घर भई हाल काठमाडौं ढल्कु बस्ने वर्ष का ५० को राजेश अग्रवाल, काभ्रे जिल्ला पनौती–७ का वर्ष ३३ का प्रतिक कर्माचार्य, वर्दिया जिल्ला ठाकुरवावा नगरपालिका घर भई हाल बुढानिलकण्ठ नारायणस्थान बस्ने वर्ष २९ का सुनिल बिष्ट, रुकुम जिल्ला पेउघाट–८ घर भई हाल काठमाडौं–६ कुमारीगाल बस्ने वर्ष २३ की ललिता विक रहेका छन् ।

त्यस्तै हेटौडा–३ सानोपोखरा घर भई हाल ललितपुर–८ पाटन सुन्धरा बस्ने वर्ष ४२ की गीता खड्गी, काठमाडौं–१६ बालाजु बस्ने क्रिष्टीना केसी र सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी–३ बाह्रविसे घर भई काँडाघारी बस्ने वर्ष २५ की निर्मला न्यौपाने रहेको महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता, एसपी प्रज्वल महर्जनले बताए ।

महर्जनका अनुसार प्रहरीले छुट्टा छुटै कोठामा जोडी भई बसी आपत्तीजनक अवस्थामा फेला परेको छ । उनले भने, ‘कोठाहरुमा प्रयोग भएका वा नभएका अस्थायी साधन, विभिन्न औषधीहरु, आउने व्यक्तिहरुको रकम र नामावली सहितको अभिलेख राखिएको कपी समेत राखिएको रहेछ । ’

उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद – ५ को दफा ११९ र १२० बमोजिम कारवाही र सजाय हुनको लागि जिल्ला अदालत ललितपुुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको एसपी महर्जन बताए ।

 

यो पनि पढ्नुहोस

अनैतिक क्रियाकलापमा संलग्न ७ युवा युवती पुल्चोकबाट पक्राउ

 

images
प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - २०:२२:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology