काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नै विश्वासको मत लिने भएका छन् । त्यसका लागि संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
हालको स्थितिमा प्रधानमन्त्रीको पक्षमा कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गरी १ सय २८ सांसद छन् । देउवा सरकारलाई विश्वासको मतका लागि १ सय ३६ सांसद आवश्यक पर्छ । एमाले माधव नेपाल निकट आठ सांसदलले सहयोग गरेमा देउवाले विश्वासको मत पाउने छन् ।
संसद बैठक आज ४ बजे बस्दै छ। देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। अहिले संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ।
सर्वोच्च अदालतको परामदेशपछि नेपाली कांग्रेसका सभापति देउवा असार २९ गते प्रधानमन्त्री बनेका थिए।
प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव दर्ता गराएपछि सभामुखले समय र मिति तोक्ने व्यवस्था छ।
यो पनि पढ्नुहोस