Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

आजै विश्वासको मत लिने प्रधानमन्त्री देउवाको तयारी

आजै विश्वासको मत लिने प्रधानमन्त्री देउवाको तयारी

दैनिकी न्यूज

३, श्रावण २०७८
आजै विश्वासको मत लिने प्रधानमन्त्री देउवाको तयारी
images

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् । सर्वोच्च अदालतले पुनर्स्थापित गरेको प्रतिनिधिसभाको बैठक आजै बोलाइएको छ । देउवाले आजैको बैठकबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

आज दुई चरणमा प्रतिनिधिसभाको बैठक बस्ने तयारी छ । दोस्रो चरणमा विश्वासको मत लिने देउवाको तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

आज दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । उक्त बैठकमा विश्वासको मत लिने सम्बन्धी निर्णय हुने बताइएको छ ।

सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

नेपाली का‌ग्रेसले आज दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ । त्यस्तै माओवादी केन्द्रले पनि आज बिहान ११ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको छ ।

देउवाले विश्वासको मत लिनेबारेको प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।

images
प्रकाशित मिति :श्रावण ३, २०७८ आइतवार - १०:४४:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology