Logo

शनिवार, आश्विन २४ गते २०८३

images

उज्यालो नेटवर्कका कार्यकारी सम्पादक र महाप्रबन्धक पक्राउविरूद्ध परेको रिटमा सर्वोच्चले माग्यो कारण देखाऊ आदेश

उज्यालो नेटवर्कका कार्यकारी सम्पादक र महाप्रबन्धक पक्राउविरूद्ध परेको रिटमा सर्वोच्चले माग्यो कारण देखाऊ आदेश

दैनिकी न्यूज

१४, बैशाख २०७८
उज्यालो नेटवर्कका कार्यकारी सम्पादक र महाप्रबन्धक पक्राउविरूद्ध परेको रिटमा सर्वोच्चले माग्यो कारण देखाऊ आदेश
images

काठमाडौं । सर्वोच्च अदालतले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक श्याम बहादुर तामाङ (अनिस) र महाप्रबन्धक दुर्गालाल लामा (प्रभात) पक्राउविरूद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।

अनिलकुमार सिन्हाको इजलासले कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चले जनाएको छ।

प्रभात लामा भन्ने दुर्गालाल लामासमेतको हकमा ललितपुर पत्रकार महासंघका सचिव रामहरि कार्कीले हालेको बन्दीप्रत्येक्षीकरण रिटमा अदालतले ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न गृह मन्त्रालयका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

प्रहरीले कार्यकारी सम्पादक तामाङ र महाप्रबन्धक लामालाई लिखत सम्बन्धी कसूर, विद्युतीय कारोबार ऐन र राज्यविरूद्धको कसुरसम्बन्धी मुद्दामा आइतबार पक्राउ गरेको थियो ।

उक्त अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो। उक्त समाचार पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो।

 

यो पनि पढ्नुहोस्

उज्यालो नेटवोर्कका पत्रकार पक्राउविरुद्ध सर्वोच्चमा मुद्दा

images
प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - २२:००:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology