Logo

शनिवार, आश्विन २४ गते २०८३

images

उज्यालो नेटवोर्कका पत्रकार पक्राउविरुद्ध सर्वोच्चमा मुद्दा

उज्यालो नेटवोर्कका पत्रकार पक्राउविरुद्ध सर्वोच्चमा मुद्दा

दैनिकी न्यूज

१३, बैशाख २०७८
उज्यालो नेटवोर्कका पत्रकार पक्राउविरुद्ध सर्वोच्चमा मुद्दा
images

काठमाडौँ । गैरकानुनी रुपमा पत्रकारलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । उज्यालो नेटवर्क डटकमका पत्रकारद्वय श्याम बहादुर तामाङ (अनिस) र दुर्गालाल लामा (प्रभात) लाई प्रहरीले गैरकानुनी रुपमा पक्राउ गरेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय (रअ) का प्रमुख सामन्त गोयलबीच भएको भनिएको विवादास्पद सम्झौताको प्रति भन्दै त्यससँग सम्बन्धित समाचार उज्यालो नेटवर्क डटकमले प्रकाशित गरेको थियो । फर्जी भनिएको उक्त सम्झौतापत्र प्रकाशित भएलगत्तै उज्यालो नेटवर्कले माफी मागेको थियो ।

त्यसपछि प्रहरीले आफूलाई धरपकड गर्न खोजेको भन्दै उज्यालो नेटवर्कका सञ्चालकहरु उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले तत्कालका लागि उनीहरुलाई पक्राउ नगर्नु भनेर अन्तरिम आदेश दिएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।

images
प्रकाशित मिति :बैशाख १३, २०७८ सोमवार - २०:५३:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology