काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ।उनले आफूमा कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन उनले सार्वजनिक अपिल पनि गरेका छन् । उनलाई सोमबार कोरोना पोजिटिभ भएको पुष्टि भएको हो । उनी अस्पतालमा उपचार गराइरहेका छन् । मेयर श्रेष्ठले छिट्टै निको भएर नगरबासीलाई सुरक्षित बनाउन जुट्ने प्रतिबद्धता जनाएका छन् ।
मेयर श्रेष्ठले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्–
आदरणीय नगरबसी दाजुभाइ तथा दिदिबहिनीहरु, विश्व माहामारिको रुपमा भैलिएको कोरोना भइरसलाइ हाम्रो नगरमा भैलिन नदिन, नियन्त्रण र रोकथाम गरि नगरबासीहरुलाइ सुरक्षित राख्न निरन्तररुपमा खटिरहदा म अफै कोरोना भाइरसबाट सक्रमित भै हाल उपचारमा रहेको जानकारी गराउदै यो रोगलाइ छिटै जितेर पुनः नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने छु ।
मेरो सम्पर्कमा रहनुभएका महानुभाबहरुलाइ एकपटक परिक्षण गर्नहुन अनुरोध छ ।