Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पहिरोमा परी मेलम्ची बजारका ८ जना बेपत्ता

पहिरोमा परी मेलम्ची बजारका ८ जना बेपत्ता

दैनिकी न्यूज

१९, श्रावण २०७७
पहिरोमा परी मेलम्ची बजारका ८ जना बेपत्ता
images

सिन्धुपाल्चोक । गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् ।

कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका र एक जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।


नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । पहिरो आज विहान २ बजे गएको थियो ।


निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो । रासस

images
प्रकाशित मिति :श्रावण १९, २०७७ सोमवार - ०८:१६:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology