Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं उपत्यकामा थपिए ३१ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ३१ जना कोरोना संक्रमित

दैनिकी न्यूज

१८, श्रावण २०७७
काठमाडौं उपत्यकामा थपिए ३१ जना कोरोना संक्रमित
images

काठमाडौं । पछिल्लो २४ घन्टाको अवधिमा काठमाडौंं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् ।

काठमाडौंका २२ , ललितपुरका ८ र भक्तपुरका १ जना गरी कुल ३१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो।

आइतबार देशभर थप २४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पीसीआर नमुना परीक्षण भएका छन्।

आइतबारसम्म कोरोनाका सक्रिय बिरामीको संख्या ५ हजार ६ सय ७२ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १११ जना डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्इा १४ हजार ६०३ पुगेको छ।

क्वारेन्टाइनमा रहनेको संख्या १० हजार ९३४ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ३ सय ६२ जनाको उपचार भइराखेको छ । आज पर्सा वीरगन्जका ६८ वर्षको महिलाको निधन भएको छ । योसँगै निधन हुनेको संख्या ५७ पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण १८, २०७७ आइतवार - १६:४६:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology