Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

दैनिकी न्यूज

४, श्रावण २०७७
ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु
images

प्युठान । प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा ७ जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो ।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।

प्रहरी निरीक्षक पौडेलले ट्र्याक्टरमा आठ सवारमध्ये एक जना बाँचेको उल्लेख गर्दै सात जनाको मृत्यु भएको जानकारी दिए । ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ ।

मृत्यु हुनेमा रोल्पा रुन्टिगढि गाउँपालिका–५ वाईजाका अन्दाजी २१ वर्षिय सागर वस्नेत, २४ वर्षीय रिमवहादुर वस्नेत, १९ वर्षीय विरेन्द्र वाठा मगर, १९ वर्षीय थमन वाठा मगर, गोर्वधन वुढामगर, २५ वर्षीय कविराम वस्नेत रहेका छन् । त्यस्तै ट्याक्टर चालक त्रिवेणि गाउँपालिकाका अन्दाजी २५ वर्षिय कमल कुवरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ४, २०७७ आइतवार - ०९:०८:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology