काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ३३१ जनामा पिसीआर परीक्षणमा ५७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे शनिबारको नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ जना पुगेको छ ।
मन्त्रालयका अनुसार बिहीबार देशभर २३ हजार २७५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ५ हजार ८२५ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
आज १०३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । नेपालमा कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ ।