Logo

शनिवार, आश्विन २४ गते २०८३

images

तीनकुनेको खाली जग्गामा ट्राफिक प्रहरीले रोप्यो फुल

तीनकुनेको खाली जग्गामा ट्राफिक प्रहरीले रोप्यो फुल

दैनिकी न्यूज

२८, आषाढ २०७७
तीनकुनेको खाली जग्गामा ट्राफिक प्रहरीले रोप्यो फुल
images

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथद्धारा कोटेश्वर स्थित खाली जग्गामा ‘पुष्परोपन कार्यक्रम’ सम्पन्न भएको छ ।

आज आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि तथा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले पुष्परोपन गरी उद्घाटन गरेका हुन् ।

महाशाखाले एकातर्फ काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ भने अर्कातर्फ सडकको छेउलाई पनि मनमोहक, रौनक र रङ्गिन बनाई सुन्दरता वढाउन पुष्परोपन गर्न थालेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायव निरिक्षक विश्वराज पोखरेलले बढ्दो शहरीकरण कारण दिनप्रतिदिन वढिरहेको वातावरणीय असरप्रति सबैले गम्भिरताका साथ वृक्षारोपन गर्नुपर्नेमा जोड दिए । उनले ट्राफिक महाशाखाले निक्कै सराहनीय काम गरेको भन्दै मुक्तकण्ठले प्रशंसासमेत गरे ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भिम ढकालले महाशाखालगायत मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूले ३५० भन्दा वढी फुलका विरुवाको व्यवस्था गरेको जानकारी दिए । ढकालले ती ट्राफिक कार्यालयहरू आफुले रोपेका फुलहरूलाई आफैले नै रेखदेख गर्ने र ३ महिनापछि सवैभन्दा उत्कृष्ट विरूवा (फुल) बनाउने कार्यालयलाई पुरस्कृत गर्ने कुरा पनि बताए ।

नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको तीनकुने पर्यटकहरू आवातजावत गर्ने मुल ढोका समेत रहेकोले त्यहाँ रहेको खाली जग्गामा फुलहरू रोपि सडकलाई मनमोहक बनाईएको महाशाखाले जनाएको छ र अन्य यस्तै खाली रहेका स्थानमा पनि वृक्षरोपन गर्न नागरिकहरूलाई
प्रेरणा मिल्ने विश्वास लिएको छ ।

अमला, वेगमवेली, तेजपत्ता, रिठ्ठा, मसला, धुपी, पारिजात, कपुर, रातकी रानी, कामिनी, किम्बु, चाँप, चाईनिज गुलाव, समी, मेन्टोगेटा, एभोगाडो, हेमनकस, आरू जस्ता ३५० बढी विरूवा ट्राफिक प्रहरीका अधिकृत तथा जवानहरूले आज रोपेका छन् ।

images
प्रकाशित मिति :आषाढ २८, २०७७ आइतवार - १७:२४:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology