ललितपुर । कोरोना संक्रमण भएर उपचाररत एक युवाको उपचारकै क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । काठमाडौं शंखमुलका ३० वर्षीय ती युवा कोरोना संक्रमण पुष्टि भएपछि असार २३ गते पाटन अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए । उनको उपचारकै क्रममा शुक्रबार दिउसो ४ः३० बजे मृत्यू भएको नेपाली सेनाको उच्च स्रोतले जनाएको छ ।
ती युवाको केहीबेरअघि पशुपति आर्यघाटको विद्युतीय शव गृहमा जलाइएको नेपाली सेनाको राजदल गणका प्रमुख सेनानी उत्तम सापकोटाले जानकारी दिए ।
युवाको शवको व्यवस्थापनमा आर्मीको टीम परिचालन गरिएको थियो । बिहीबार पनि कोरोना संक्रमित भएर मृत्यु भएका सिन्धुपाल्लोकका ३५ वर्षिय युवाको पनि आजै विद्युतीय शव गृहमा जलाईएको सापकोटाले बताए ।