Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेकपा स्थायी कमिटिको बैठक असार २४ गतेसम्मका लागि स्थगित

नेकपा स्थायी कमिटिको बैठक असार २४ गतेसम्मका लागि स्थगित

दैनिकी न्यूज

२२, आषाढ २०७७
नेकपा स्थायी कमिटिको बैठक असार २४ गतेसम्मका लागि स्थगित
images

काठमाडों । सत्तारुढ दल नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ ।

नेकपा प्रचार विभाग उपप्रमसख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले असार २४ गते ११ बजे बैठक बस्ने जानकारी दिएका छन् । आज बिहान ११ बजे बोलाइएको बैठक स्थगित गरिएको हो ।

नेकपामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल र अर्का अध्यक्ष केपी शर्मा ओलीबिचको द्वन्द्व उत्कर्षमा पुगेका बेला समाधानका लागि बैठक डाकिएको थियो ।

प्रधानमन्त्री ओलीले पार्टीमा परामर्श नगरी संसद अधिवेशन अन्त्य गरेपछि छलफलका लागि बोलाइएको बैठक सर्दै आएको छ ।

पार्टीमा बिवाद बढेपछि दुई अध्यक्ष र दोश्रो तहका नेताहरु बिच हिजो बालुवाटारमा छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएपछि आजका लागि बैठक बोलाइएको थियो ।

images
प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - १०:२६:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology