Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सुरु भयो नेकपा स्थायी कमिटि बैठक

सुरु भयो नेकपा स्थायी कमिटि बैठक

दैनिकी न्यूज

१०, आषाढ २०७७
सुरु भयो नेकपा स्थायी कमिटि बैठक
images

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।

सो बैठकमा पाँच एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्यबाट सुरु हुने सो बैठकमा सरकारको कामका सम्बन्धमा बहस हुनेछ।

सरकारको कामका सम्बन्धमा कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा र सरकारका अन्य कामबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

त्यसैगरी पार्टी एकताका बाँकी कामहरु, एमसीसीका सम्बन्धमा र विविध विषयमा छलफल हुने उनले जनाएका छन्।

बुधबारको बैठकको सुरुमा पार्टी अध्यक्षद्वयले छलफलका बिषय राखेपछि आजको बैठक सकिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार सदस्यहरुले बिहीबार मात्र आफ्ना धारणा राख्नेछन् ।

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - १२:१९:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology