Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आज नेकपा स्थायी कमिटी बैठक

आज नेकपा स्थायी कमिटी बैठक

दैनिकी न्यूज

१०, आषाढ २०७७
आज नेकपा स्थायी कमिटी बैठक
images

काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) स्वीकार गर्ने कि नगर्ने भन्ने विषय छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । असार १६ गतेभित्र संसदबाट एमसीसी पास गरिसक्नु पर्ने भएपछि पार्टी स्थायी कमिटी बैठक टार्दै आएका प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली बैठक राख्न तयार भएका हुन्।

एमसिसीबारे पार्टीभित्र विवाद पेचिलो बन्दै गएका बेला बोलाइएको बैठकलाई कसरी निष्कर्षमा पु¥याउने भन्ने विषयमा मंगलबार बालुवाटारमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ। दुई घण्टा लामो छलफलपछि पार्टी एकता, सरकारको कामको समीक्षालगायत विषयलाई पनि अजेन्डा बनाउने सहमति भएको छ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी सदनबाट जसरी हुन्छ पारित गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदनले औंल्याएका विषयमा संशोधन गरेर मात्र पारित गर्ने अडानमा छन् । नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठको मत पनि संशोधन गर्नुपर्ने पक्षमा छ ।

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - ०८:४३:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology