Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

दैनिकी न्यूज

१, आषाढ २०७७
सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
images

काठमाडौं । सप्तरी, भक्तपुर, सिराहा र सुर्खेतका छुट्टाछुट्टै स्थानहरूमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

सप्तरी, छिन्नमस्ता गाउँपालिका–४ ललापटीस्थित सडकमा प्रदेश नम्बर–२–००–१ त ०१०२४० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सोही स्थान बस्ने २८ वर्षीय राम उदगार यादबको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको लागि गजेन्द्र नरायणसिह अस्पताल राजबिराजतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टरका सह चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

भक्तपुर, भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीस्थित सडकमा बा ९५ प १४५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खसेर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कमलबिनायक बस्ने १७ वर्षीय रन्जित माहाजुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका माहाजुको भक्तपुर अस्पताल हुँदै वीर अस्पताल ट्रमा सेन्टरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

सिराहा, कर्जन्हा नगरपालिका(४ स्थित सडकमा आइतबार साँझ प्रदेश नम्बर–२–०२–००२ प ३०४४ नम्बरको गुडिरहेको मोटरसाइकलबाट लडेर मोटरसाइकल पछाडी सवार महोत्तरी जलेश्वर नगरपालिका फुलहट्टा बस्ने ४० वर्षीया सुधिरा चौधरीको मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएकी चौधरीको फुलकुमारी मेमोरियल अस्पताल हुँदै बिराटनगर न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेत, बीरेन्द्रनगर नगरपालिका–१२ एयरपोर्ट नजिक सडकमा बा ६४ प ६०४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोकिएर आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३० वर्षीय अजय आचार्यको प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने २६ वर्षीय सम्राट दाहालको सोही अस्पतालमा उपचार भईरहेको छ ।

images
प्रकाशित मिति :आषाढ १, २०७७ सोमवार - १३:११:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology