Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रदर्शनमा उत्रिएका पाँचजना विदेशी पक्राउ

प्रदर्शनमा उत्रिएका पाँचजना विदेशी पक्राउ

दैनिकी न्यूज

३१, जेठ २०७७
प्रदर्शनमा उत्रिएका पाँचजना विदेशी पक्राउ
images

काठमाडौं ।  काठमाडौँ भएको सरकारविरुद्धको आन्दोलनमा प्रदर्शनमा उत्रिएका पाँचजना विदेशी पक्राउ परेका छन् ।  माइतीघरमण्डलमा सरकारविरुद्ध भइरहेको प्रदर्शनका क्रममा पाँचजना विदेशी नागरिक पक्राउ परेपछि सरकारविरुद्धको आन्दोलनमा विदेशी नागरिक पनि सहभागी भएको  खुलासा भएको हो।

प्रहरी स्रोतका अनुसार प्लेकार्ड बोकेरै प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघरमण्डलबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा क्यानेडियन, चिनियाँ, अस्ट्रेलियन, अमेरिकन र फ्रेन्च नागरिक रहेका छन्।

ती विदेशी नागरिकहरुसँगै अन्य केही नेपालीलाई पनि प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ।

नेपालको कानुनले विदेशी नागरिकलाई कुनै पनि राजनीतिक सभा, सम्मेलन र प्रदर्शनमा भाग लिन निषेध गरेको छ।

images
प्रकाशित मिति :जेठ ३१, २०७७ शनिवार - १३:१७:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology