Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बाँकेमा भयानक दुर्घटना, १२ जनाको मृत्यु, २१ गम्भिर घाइते

बाँकेमा भयानक दुर्घटना, १२ जनाको मृत्यु, २१ गम्भिर घाइते

दैनिकी न्यूज

१९, जेठ २०७७
बाँकेमा भयानक दुर्घटना, १२ जनाको मृत्यु, २१ गम्भिर घाइते
images

बाँके । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ठुरिया जंगलमा हाइस गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

नेपालगञ्जदेखि सल्यान जादै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकि राखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा १२ जनाको घटनास्थलमै मृत्यु भएको ५ नं. प्रदेशका डिआईजी रविन्द्र बहादुर धानुकले जानकारी दिए । राती सवा १२ बजे दुर्घटना भएको थियो । भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक १२ जनाको शव भेरीमा ल्याइएको छ ।

आइतबार राती करीब ११ वजे बाँकेको शमशेरगंज र अगैयाको बिच जंगलमा सडक किनारामा रोकी राखेको ट्रकमा ठक्कर दिएको थियो ।

images
प्रकाशित मिति :जेठ १९, २०७७ सोमवार - ०६:०३:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology