काठमाडौँ, जेठ १७ । सत्तारुढ दल नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न भएको छ ।
बैठकमा सरकारले प्रस्तुत गरेको बजेटको अनुसूचीमा एमसीसीसम्बन्धी योजनाबारे उल्लेख भएको विषयमा थप स्पष्ट गर्नुपर्ने विषयमा छलफल भएको थियो ।
एमसीसी सम्झौता हाल संसदमा विचाराधीन रहेको र संसदले त्यसलाई अनुमोदन गरेमा सोही अनुसार जाने र अनुमोदन नभए सरकारले आवश्यक वैकल्पिक उपायबारे सोचेर अघि बढ्ने कुरा अर्थमन्त्रीले बैठकमा जानकारी गराएको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
एमसीसीका बारेमा पार्टीले गठन गरेको समितिबाट अध्ययन प्रतिवेदन प्राप्त भईसकेको र त्यसलाई नेताहरूले अध्ययन गरी सचिवालय बैठकमा छलफल गरी निष्कर्षमा पुग्ने सहमति भएको पनि उनले जानकारी दिए ।
सचिवालय बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावल पनि आमन्त्रितका रुपमा उपस्थित भएका थिए ।