Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बालाजुमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

बालाजुमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

दैनिकी न्यूज

१६, जेठ २०७७
बालाजुमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो
images

काठमाडौं, जेठ १६ । काठमाडौंको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

नयाँ वसपार्क नजिकै बिजी मल अगाडि भएको दुर्घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोगंबुबाट बालाजुतर्फ जाँदै गरेको बा २ ख ५४ ८४ नम्बरको मिनी ट्रकले ना ६५ प २००१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको प्रहरीले बताएको छ ।

दुर्घटनापछि भागेका मिनी ट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

images
प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - १०:०४:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology