Logo

मंगलवार, कार्तिक ४ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ललितपुरको ढुङ्गेसाँघुबाट ४ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ललितपुरको ढुङ्गेसाँघुबाट ४ जना पक्राउ

दैनिकी न्यूज

४, कार्तिक २०८३
जुवातास खेलिरहेको अवस्थामा ललितपुरको ढुङ्गेसाँघुबाट ४ जना पक्राउ
images

ललितपुर । जुवातास खेलिरहेको अवस्थामा ललितपुरको ढुङ्गेसाँघुबाट प्रहरीले चारजना पक्राउ गरेको छ ।

ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं. ४ ढुङगेसाँघु इमाडोलस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४९ वर्षीय अश्मिन केसी समेत ४ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ८ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

images
प्रकाशित मिति :कार्तिक ४, २०८३ मंगलवार - १३:४३:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology